प्रधानमन्त्री ओलीले बोलाए सचिवालय बैठक

प्रधानमन्त्री ओलीले बोलाए सचिवालय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सचिवालयको बैठक बोलाएका छन् ।

बहुमत सचिवालय सदस्यहरुले पटक–पटक बैठक बोलाउन दबाब दिएपछि प्रधानमन्त्री ओलीले शुक्रबारका लागि बैठक आह्वान गरेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले प्रधानमन्त्रीले शुक्रबार दिउँसो ४ बजे बैठक बोलाएको जानकारी दिए ।

प्रधानमन्त्री अ‍ोलीले महासचिव विष्णु पौडेलमार्फत बैठक आह्वान गरेका हुन् । नेकपामा अध्यक्षको सहमतिपछि महासचिवमार्फत सचिवालय बैठक बोलाउने प्रावधान रहेको छ ।

अर्का अध्यक्ष एवं सचिवालय सदस्य पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गर्दै आएका थिए ।