ग्लोबल आइएमई बैंकको खुद नाफा बढ्यो, प्रतिशेयर आम्दानी घट्यो

ग्लोबल आइएमई बैंकको खुद नाफा बढ्यो, प्रतिशेयर आम्दानी घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ग्लोबल आइएमई बैंक लिमिटेडले १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५ करोड ८८ लाख रुपैयां खुद नाफा कमाएको छ। जनता बैंकलाई गाभेको ग्लोबलले यो वर्ष गत वर्षभन्दा ३० करोड ५६ लाख रुपैयां बढी नाफा आम्दानी गरेको हो ।

बैंकले नियामकीय जगेडा कोषमा ५१ करोड ८९ लाख रुपैयां छुट्याएको छ । खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २८ रुपैयां ८७ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६ रुपैयां ५५ पैसा घटेर २२ रुपैयां ३२ पैसा पुगेको छ।

त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १५८ रुपैयां ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.१९ गुणा कायम भएको छ।