चित्रबहादुर केसीका छोराले भनेः पैसा उठाउने बहाना नहोस

चित्रबहादुर केसीका छोराले भनेः पैसा उठाउने बहाना नहोस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसबाट संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य गम्भीर छ ।

मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचाररत केसीको उपचारमा खर्च अभाव भएको भन्दै पार्टीले सहयोग उठाउने निर्णय गरेको छ । तर, छोरा सचित्र केसीले बुबा खतरा मुक्त रहेको जानकारी दिए । उनले आफ्ना बाबुको उपचारमा धेरै खर्च नलाग्ने भएकाले अनावस्यक हल्ला गरेर पैसा उठाउने बहाना नगर्न सचेत गराएका छन् ।

‘बुबा खतरा मुक्त हुनुहुन्छ अनाबस्यक हल्ला गरेर पैसा उठाउने बहानामा कोहि पनि नफस्नु होला । आबस्यक परे पारिबारिक रुपमा हामीले सुचना गर्ने छौं । त्यस भन्दा अगाडि चित्र बहादुर गम्भिर छन भनेर प्रचार गरिएको छ त्यो सर्बदा झुट हो यसको पछि नलाग्नु होला’, उनले भनेका छन् ।

जनमोर्चाको केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकोले उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरूको सहयोगबाट गर्ने निर्णय गरेको थियो ।

सहयोगदाताहरूले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाको राष्ट्रिय जनमोर्चाको बैंक खाता १४२०००४१७३०१ मा सहयोग रकम जम्मा गरिदिन जनमोर्चाले अनुरोध गरेको छ ।