काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीको सरकारी निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ ।
नागरिक उड्डयन प्राधिकरण (क्यान) को मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ ।
बुधबार नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा कात्तिक २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको थियो । साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘यसबाट अब बालुवाटारबाट एयरपोर्ट जान–आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन’, उनले भनेका छन् ।




प्रतिक्रिया