एजेन्सी – चीनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएको छ । केही अगाडि राष्ट्रपतिमा निर्वाचित वाइडेन र ह्याारिसलाई चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेङबिनलाई चीनकातर्फबाट बधाई दिएका हुन् ।
‘हामी अमेरिकी जनताको छनौटको सम्मान गर्दछौं,’, उनले भने, ‘हामी बिडेन र ह्यारिसलाई बधाई दिन्छौं । हामी बुझ्छौं कि अमेरिकाको निर्वाचन परिणाम कानून र प्रक्रियाको आधारमा पुष्टि हुने अपेक्षा राख्दछौं ।’
चिनियाँ विदेश मन्त्रालयले पहिले बधाई जारी गर्न रोकेको थियो । चिनियाँ विदेश नीति विश्लेषकहरूले राष्ट्रपति ट्रम्पले निर्वाचन परिणाम स्वीकार नगरेको भन्ने कुरालाई सावधानीको रूपमा राखेका थिए ।




प्रतिक्रिया