काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले नव–उदारवादी पूँजीवादलाई पच्छ्याएको बताएका छन् ।
सचिवालयमा पेश गरेको एकल राजनीतिक दस्तावेजमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेशनमार्फत जबजलाई ब्यूँत्याएर स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नगरेको बताएका छन् । प्रधानमन्त्रीले पार्टीका विचार र नीतिभन्दा बाहिर गएर प्रतिष्ठानका नाममा गुटबन्दी चलाएको अध्यक्ष प्रचण्डको आरोप छ ।
‘उहाँ (ओली)ले न कहिल्यै समाजवादको कुरा गर्नुहुन्छ न समाजवाद उन्मुख जनताको जनवादको न कहिल्यै समाजवादी आर्थिक, राजनैतिक, सांस्कृतिक नीतिबारे चर्चा गर्नुहुन्छ, न सरकारका तर्फबाट समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि सार्नु भएको छ । व्यवहारतः उहाँले दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी पूँजीवादलाई नै पच्छ्याइरहनु भएको छ’, उनले भनेका छन् ।




प्रतिक्रिया