एजेन्सी – अर्मेनियाका प्रधानमन्त्रीको हत्या प्रयास भएको खुलेको छ । प्रधानमन्त्री निकोल पशिन्यानमाथि हत्या प्रयास भएको पूर्व अधिकारीहरूको समूहले सत्ता कब्जा गर्न रोकेको देशको राष्ट्रिय सुरक्षा सेवा (एनएसएस) ले जनाएको छ ।
पछिल्ला दिनमा प्रर्दशनकारीहरुले पशिन्यानको राजीनामा माग गरेका थिए । संदिग्धहरूले प्रधानमन्त्रीको हत्या गरेर गैरकानुनी ढंगले सत्ता कब्जा गर्ने योजना गरिरहेको खुलेको छ । ‘उनलाई हटाउन सम्भावित उम्मेदवारहरू छलफल भइसकेका थिए,’ एनएसएसले भन्यो ।




प्रतिक्रिया