काठमाण्डु – दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने भएका छन् ।
उनले साँझ ५ बजे प्रधानमन्त्रीलाई भेट्न र यसपछि राष्ट्रपति भेट्न शीतल निवास जाने कार्यक्रम छ । अहिले होटल याक एण्ड यतिमा द्विदेशीय सचिवस्तरीय संयन्त्रको बैठक जारी छ ।
उक्त बैठकपछि उनले परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीसंग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनको शुक्रवार दिउंसो १ बजे स्वदेश फर्कने कार्यक्रम छ ।




प्रतिक्रिया