भौतिक विज्ञान विषयको परीक्षा रद्ध, पुनः परीक्षा कहिले ?

भौतिक विज्ञान विषयको परीक्षा रद्ध, पुनः परीक्षा कहिले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को भौतिक विज्ञान विषयको परीक्षा रद्ध गरेको छ ।

मंसिर १ गते सञ्चालित उक्त विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि बोर्डले मंसिर १७ गतेका लागि पुनः परीक्षा गर्ने निर्णय गरेको हो ।

बोर्डले सबै प्रदेशको परीक्षा रद्ध गर्दै मंसिर १७ गते बिहान ८ बजेबाट उक्त विषयको परीक्षा सञ्चालन गर्ने जनाएको छ ।