अ‍ोलीलाई माधव नेपालको चेतावनीः एमाले र माओवादी एकातिर हुन्छ भन्ने नसोचे हुन्छ


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी फुटाउने सपना नदेख्न चेतावनी दिएका छन् ।

मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकमा बोल्दै नेता नेपालले अ‍ोली गुटगत रुपमा लागेकाले पार्टीमा समस्या आएका छन् । उनले पार्टीभित्रको समस्याका जड नै अ‍ोली भएको स्पष्ट पारेका हुन् ।

‘फेरी पनि पार्टी फुटेर एमाले र माओवादी एकातिर हुन्छ भन्ने नसोचे हुन्छ । पार्टीमा समस्याको जड तपाई (ओली) हो’, उनले बैठकमा भने, ‘तपाई गुटमा रमाउनाले पार्टीमा यत्रो समस्या उत्पन्न भएको छ । एकता भइसकेपछि पार्टी विधान र प्रतिवेदनका आाधरमा चल्छ, अहिले नेकपामा पूर्वएमाले र पूर्वमाओवादी भन्ने नै छैन, विघटन भइसक्यो ।’

गत मंसिर १३ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको सङ्ख्या बढी रहेको बताएका थिए ।

‘सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एकजना भए पनि बढी सङ्ख्या छ । बहुमतको त्यो अङ्कगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो ?’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement