काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज मुलुकभरकाे माैसम सामान्यतया सफा रहने जनाएकाे छ ।
अहिले बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो पनि बाग्मती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । राति गण्डकी, बाग्मती र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।




प्रतिक्रिया