बुधबार सुनचाँदीको मूल्य बढ्यो

बुधबार सुनचाँदीको मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुधबार नेपाली बजारमा सुनको मूल्य ५०० ले वृद्धि भएको छ । मंगलबार ९० हजार पाँच सय रुपैैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजारमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनसमेत आज प्रतितोला ५०० ले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला ९० हजार ५० मा कारोवार भएको तेजाबी सुन आज भने ९० हजार ५५० रुपैैयाँमा कारोवार भइरहेको छ ।

मंगलबारको तुलनामा चाँदी आज प्रतितोला ३० रुपैैयाँले बढेर एक हजार १८५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।