खुमलटारमा पाँच जना सचिवालय सदस्यको छुट्टै भेला

खुमलटारमा पाँच जना सचिवालय सदस्यको छुट्टै भेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पाँच जना सचिवालय सदस्यको छुट्टै बैठक खुमलटारमा बसेको छ ।

दिउँसो २ बजेको सचिवालय बैठक अगाडि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छुट्टै बैठक बसेको हो । भेलामा आजको बैठकका रणनीतिबारे छलफल भएको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले मंगलबार बैठकको औचित्य नरहेको भन्दै स्थगित गर्न प्रस्ताव गरेका थिए । तर, सचिवलायका बहुमत सदस्यहरुले बैठक नियमित गर्नुपर्ने अडान लिएका थिए ।