नेपाल–भारत वाणिज्य समितिको बैठक सकियो, के भयो निर्णय ?

नेपाल–भारत वाणिज्य समितिको बैठक सकियो, के भयो निर्णय ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल–भारत अन्तर सरकारी समितिको बैठक सकिएको छ ।

सोमबार बिहान १० बजेबाट शुरु भएको भर्चुअल छलफल कार्यक्रममा दुई देशबीचको व्यापार तथा पारबहन सन्धिहरू, व्यापार पूर्वाधारको विकास र लगानी प्रवर्द्धनका साथै सीमापार आर्थिक क्षेत्रको विकासको नयाँ प्रस्तावको समिक्षाबारे छलफल भएको थियो भारतीय राजदूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार उक्त बैठकले संयुक्त व्यापार फोरम बैठकको आयोजना गर्ने लगायतका विभिन्न द्विपक्षीय मुद्दाहरूबारे निर्णय गरेको छ ।

नेपाल–भारत दुई देशबीचको पारवहन तथा व्यापार सन्धी पुनरावलोकनको मुख्य एजेन्डा रहेको सो बैठकको प्रतिनिधि टोलीमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले गरेका थिए भने भारतको तर्फबाट भारतीय उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागका सचिव डा. गुरुप्रसाद मोहपात्रले गरेका थिए ।