कतारले नेपाललाई दियो तीन मर्सिडिज कार उपहार

कतारले नेपाललाई दियो तीन मर्सिडिज कार उपहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कतार सरकारले नेपाल सरकारलाई तीन वटा मर्सिडिज कार उपहार दिएको छ ।

नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल–हैलले परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई ती मर्सिडिज कार हस्तान्तरण गरेका हुन् ।

परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित हस्तान्तरण कार्यक्रममा बोल्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पुर्ण नेपालीको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।