काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली सरकारका कारण ‘राजा आउ देश बचाउ’को नारा लागेको बताएका छन् । सोमबार हेटौंडामा सरकारविरुद्ध भएको प्रर्दशनमा बोल्दै सभापति देउवाले सरकारले जनअपेक्षअनुसार काम गर्न नसक्दा राजावादीहरु सल्बलाएको बताएका हुन् ।
‘राजा आऊ, देश बचाऊ भनेर कराइरहेका छन् । ओली नै तत्कालिन राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ? , कहाँबाट हिम्मत आयो ?’ उनले भने ।
उनले आफू प्रजातन्त्रका लागि लड्न पटक–पटक जेल परेको स्मरण गर्दै नेपालमा पुनः राजा आउन नसक्ने ठोकुवा गरेका छन् ।
‘राजाले त्यसबेला थुने । जेलमा मलाई राखे । अहिले राजा आऊ, देश बचाऊ भन्ने ?,’ देउवाले भने, ‘राजालाई कांग्रेसले पटकपटक ल्याएको पनि हो तर उनीहरू प्रजातन्त्रलाई देखिसहन्न । त्यसैले राजा आउने भ्रम नराख्नू ।’




प्रतिक्रिया