काठमाण्डु – प्रभु बैंकले मुस्ताङको कागवेनीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ०४स्थित कागवेनीमा आप्mनो २१२ औं शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकको कागवेनी शाखा कार्यालयको उद्घाटन वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले गरेका छन् ।
उनले बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जालविस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवाविस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवापुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना दिएका छन् ।
बैंकको कागवेनी शाखाबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवाप्रवाह हुने भएकोले स्थानीयबासिन्दा, व्यवसायिकफर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।




प्रतिक्रिया