कांग्रेस सुतेको बाघ हो, जिस्क्याउने प्रयत्न नगरः विश्वप्रकाश शर्मा

कांग्रेस सुतेको बाघ हो, जिस्क्याउने प्रयत्न नगरः विश्वप्रकाश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा बहुमत ल्याएर मात्रै आफूहरु सरकारमा जाने बताएका छन् ।

सोमबार देशव्यापी रुपमा भएको प्रर्दशनका क्रममा मकवानपुरबाट सम्बोधन गर्दै प्रवक्ता शर्माले कांग्रेस सुत्यो भन्नेलाई आजको प्रर्दशनले देखाइदिएको बताए ।

‘कांग्रेस सकियो, कांग्रेसका दिन गए भन्नेहरु आफ्नो पार्टीभित्र रडाँको भएपछि कांग्रेसको ढोका ढक्ढक्याउनेहरुलाई हामी सडकमै रहन्छौं । सरकारमा जानै पर्यो भने आगामी निर्वाचनमार्फत बहुमत लिएर मात्र सरकारमा जान्छौं भन्नका लागि आज हामी सडकमा उपस्थित छौं’, उनले भने, ‘कांग्रेस यति मात्रै भन्न आएको छ । सुतेको बाघलाई जिस्क्याउने प्रयत्न नगर ।’

उनले सरकारलाई सडक र सदनबाट जनअपेक्षाअनुसार काम गर्न दबाब दिने बताएका छन् ।

‘वाइडबडिमा भ्रष्टाचार भएको हो,’ उनले भने, ‘बूढीगण्डकी स्वदेशी लगानीमा बनाउने भनिएको थियो । तर सरकारले चीनको विवादास्पद कम्पनीलाई दियो, यो भ्रष्टाचार हो ।’

उनले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यवहार भएकोमा आपत्ति जनाएका छन् । उनले कांग्रेसका कुनै पनि सदस्यलाई जिस्क्याउने काम नगर्न चेतावनी दिएका छन् ।