काठमाण्डु – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका छन् ।
सरकार ढाल्न सहयोग गरेको भन्दै मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई शनिबार बर्खास्त गरेका हुन् । उनले सरकारलाई सहयोग नगरेको र केन्द्रमा विवाद देखा परेसँगै आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न खोजेको मुख्यमन्त्री राईको आरोप छ । मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६२ को उपधारा २ अनुसार मन्त्री आङ्बोलाई बर्खास्त गरेका हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेसँगै प्रदेशमा पनि यसको असर देखा पर्न थालेको छ । यसअघि वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएको थियो । मन्त्री आङ्बो माधव नेपाल समूहका हुन भने मुख्यमन्त्री राई प्रधानमन्त्री केपी शर्मा अोली समूहका हुन् ।




प्रतिक्रिया