मुख्यमन्त्री राईले बोलाए प्रदेशसभा बैठक,प्रचण्ड-माधव पक्षका मन्त्रीद्धारा राजीनामा

मुख्यमन्त्री राईले बोलाए प्रदेशसभा बैठक,प्रचण्ड-माधव पक्षका मन्त्रीद्धारा राजीनामा


काठमाण्डु- प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेको भोलिपल्ट उनिहरुले राजीनामा दिएका हुन् ।

मन्त्री घिमिरेसंगै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास रहेका छन् ।

नेकपा दुई भागमा विभाजित भएपछि त्यसको असर प्रदेशहरुमा पर्न थालेको छ । मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड माधव नेपाल पक्षका नेताहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

प्रदेश १ मा नेकपाका मात्र ६७ सांसद छन् । जसमा राईको पक्षमा २२ र प्रचण्ड माधव पक्षमा ४० सांसद रहेको बताइन्छ । अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएसंगै मुख्यमन्त्री राईले आजै प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेका छन् ।