काठमाण्डु – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
नेकपाको प्रचण्ड–नेपाल समूहका सांसदहरूले आइतबार बिहान राईविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । उक्त अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ ।
प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहेको अविश्वास प्रस्तावमा नेकपाका ६७ सांसदमध्ये ३७ सांसदले हस्ताक्षर गरेका छन् ।
९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्यको दावी गरिदैं आएको छ । तर, मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा भने ३७ जनाले मात्रै हस्ताक्षर गरेका छन् ।
प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुः





प्रतिक्रिया