सय दिनमा १० करोड नागरिकलाई कोरोना खोप दिने बाइडेनको घोषणा

सय दिनमा १० करोड नागरिकलाई कोरोना खोप दिने बाइडेनको घोषणा


एजेन्सी – अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले पदभार सम्हालेको सय दिनमा १० करोड अमेरिकी नागरिकलाई कोरोनाको भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेका छन् ।

उनले आउँदो जनवरी २० मा पदभार ग्रहण गर्दैछन् । सो दिनदेखि १०० दिनभित्र १० करोड अमेरिकी नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनले आफूले यसअघि नै घोषणा गरेको खोपको लक्ष्य पूरा गर्न ट्रम्प प्रशासनले चासो नदेखाएको भन्दै अहिले उपलब्ध गराइएको खोपको मात्रालाई पाँच गुणाले बढाउनुपर्ने दावी गरेका छन् ।

ट्रम्प प्रशासनले डिसेम्बरको अन्त्यसम्ममा २ करोड नागरिकलाई खोप लगाउने लक्ष्य लिए पनि त्यसअनुसार काम नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।