एजेन्सी – यमनमा प्रधानमन्त्रीसहित नयाँ सरकारका मन्त्रीलाई लक्ष्य गरी बम विस्फोट गराइएको छ ।
नयाँ मन्त्रिमण्डलका सदस्यलाई छिमेकी मुलुक साउदी अरबबाट लिएर आएको विमान यमनको दक्षिणी सहर अदनस्थित विमानस्थलमा अवतरण हुनासाथ विस्फोट भएको हो ।
उक्त बम विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । बिस्फोटमा परि ज्यान गुमाउने तथा घाइते हुनेमा सहायताकर्मी तथा सरकारी अधिकारीहरु रहेको बताइएको छ ।
मन्त्रीहरुको स्वागतका लागि पुगेकाहरुले ज्यान गुमाएको र कम्तिमा दुईवटा बिस्फोट भएको बताइएको छ । प्रधानमन्त्री मइन अब्दुमालिक लगायत मन्त्रिपरिषद सहस्यहरु र यमनका लागि साउदी राजदूत भने सुरक्षित रहेको बीबीसीले उल्लेख गरेको छ ।
विस्फोटको केही समयपछि गोली चलेका आवाज पनि सुनिएको थियो। कसले र किन विस्फोट गरायो भन्ने खुलेको छैन ।




प्रतिक्रिया