पछिल्लो २४ घण्टामा ४१९ कोरोना संक्रमित थपिए, ७५० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा ४१९ कोरोना संक्रमित थपिए, ७५० जना डिस्चार्ज


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ५० जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ५३ हजार ८ सय ५८ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १९ लाख ४२ हजार ७ सय २ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ७० जना पुगेका छन् ।