काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गरेकाे छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्। यस्तै लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा पनि आइतबार राति हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै तराई र पहाडी भूभागका केही स्थानहरुमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना पनि रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
अहिले बिहान देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ। यस्तै प्रदेश १ र प्रदेश २ मा आंशिक बदली रहेको मौसमविदले जानकारी दिएका छन्।




प्रतिक्रिया