प्रत्यक्षतर्फ एमालेले टुंग्यायो ५०५ उम्मेदवार,यस्ता छन् माओवादी र एमालेका समानुपातिक सांसद (सुचीसहित)

प्रत्यक्षतर्फ एमालेले टुंग्यायो ५०५ उम्मेदवार,यस्ता छन् माओवादी र एमालेका समानुपातिक सांसद (सुचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–एमालेले दोस्रो चरणको निर्वाचनका लागि करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको छ । उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले २१ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेश सभाका करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको हो ।

 

 

 

माओवादी केन्द्रंसँग वाम गठबन्धन कार्यदलमा टुंगिएर प्रतिनिधिसभातर्फ आफनो भागमा परेका ६८ सिटमध्ये ३५ उम्मेदवारको नाम एमालेले टुंग्याएको छ ।

 

 

बैठकले प्रदेश नम्बर ७ का उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । ६ नम्बर प्रदेशमा पनि छलफल भए पनि निर्णय भएको छैन । बांकी प्रदेशहरूका उम्मेदवार मंगलबार बेलुकीसम्म टुंगो लगाइने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

यी हुन् प्रत्यक्षतर्फ टुंगिएका थप उम्मेद्वार

प्रदेश नम्बर ७ :

कञ्चनपुर प्रतिनिधिसभा
२ नरबहादुर धामी
३ दीपकप्रकाश भट्ट

कञ्चनपुर प्रदेश सभा
१ क. तारा लामा तामाङ
१ ख. मर्यादा विष्ट
२ ख. लालबहादुर खड्का
३ क. प्रकाश रावल

कैलाली : प्रतिनिधिसभा
१. गरिमा शाह
२. झपट रावल
५. नारदमुनि राना

डोटी : प्रतिनिधिसभा
१. प्रेम आलेमगर

सर्वसम्मत टुंगिएका प्रत्यक्षतर्फका उम्मेदवार
-केपी ओली, झापा ५
-माधवकुमार नेपाल, काठमाडौं २
-झलनाथ खनाल, इलाम १
-वामदेव गौतम, बर्दिया १
-भीमबहादुर रावल, अछाम १
-ईश्वर पोखरेल, काठमाडौं ५
-सुवास नेम्वाङ, इलाम २
-विष्णु पौडेल, रूपन्देही २
-प्रदीप ज्ञवाली, गुल्मी १
-गोकर्ण विष्ट, गुल्मी २
-सुरेन्द्र पाण्डे, चितवन १
-भानुभक्त ढकाल, मोरङ ३
-लालबाबु पण्डित, मोरङ ६
-राजेन्द्र राई, धनकुटा
-गोकुल बास्कोटा, काभ्रे २
-महेश बस्नेत, भक्तपुर २
-कृष्ण राई, काठमाडौं ३

-राजन भट्टराई, काठमाडौं ४
-रामवीर मानन्धर, काठमाडौं ६
-नवराज सिलवाल, ललितपुर १
-कृष्णलाल महर्जन, ललितपुर २
-जगन्नाथ खतिवडा, उदयपुर २
-खगराज अधिकारी, कास्की १
-रवीन्द्र अधिकारी, कास्की २
-पद्मा अर्याल, स्याङ्जा २
-तिलक महत, नवलपुर २
-दलबहादुर राना, पाल्पा १
-मेटमणि चौधरी, दाङ १
-ऋषिकेश पोखरेल, मोरङ २
-किसान श्रेष्ठ, तनहुँ १

पहिलो सूचीमा जनजाति, अन्तिम सूचीमा मुस्लिम
एमालेले बुझाएको प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सूचीमा सबैभन्दा अगाडि जनजाति पुरुष र जनजाति महिला, त्यसपछि क्रमशः खस आर्य पुरुष र महिला, मधेसी पुरुष र महिला, दलित पुरुष र महिला तथा अन्तिममा मुस्लिम समुदायको उम्मेद्वारहरूको सूची छ ।

 

 

 

विजय सुब्बाबाट सुरु भएको नाम मुस्लिम महिला कलिला खातुनमा टुंग्याउँदै एमाले जनजाति पुरुषबाट सुरु भएर मुस्लिम पिछडिएको क्षेत्र र अल्पसंख्यकलाई अन्य क्लस्टरमै मिलाउने गरी सूचीमा नाम राखिएको स्रोतले जनाएको छ ।

अग्रसूचीमा अधिकांश पूर्वसांसद
एमालेले समानुपातिकतर्फको सूचीमा यसअघि समानुपातिकबाटै सांसद भइसकेकामध्ये केहीलाई प्राथमिकतासाथ अग्रपंक्तिमा राखेर निर्वाचन आयोगमा नाम बुझाएको छ ।

 

 

दुईपटक सांसद भइसकेका स्थायी समिति सदस्य मुकुन्द न्यौपाने तथा समानुपातिकबाट सांसद भइसकेकी पूर्वमन्त्री राधा ज्ञवाली, पूर्वसांसद बिन्दा पाण्डेलगायतको नाम खस आर्य महिलामा अग्रपंक्तिमा छ ।

 

 

त्यस्तै, जनजातितर्फ पूर्वसांसदहरू विजय सुब्बा, मधेसी महिलातर्फ जुलीकुमारी महतो, दलिततर्फ रामप्रित पासवान पनि पहिलो नम्बरमा छन् ।

 

 

 

मुस्लिमतर्फ राजपाबाट भर्खरै प्रवेश गरेका समिममिया अन्सारीको नाम पहिला राखेर मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सिराद अहमद फारुकीको नाम पछि राखिएको छ ।

 

 

 

मधेसी समूहमा नवप्रवेशी मोती दुगडको नाम पहिलो नम्बरमा राखेर केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको नाम चौथो नम्बरमा राखिएको छ । दुगड व्यापारिक घरानियाबाट पनि प्रतिनिधित्व गर्छन् ।

 

पछिल्लो निर्वाचन कानुनअनुसार बन्दसूची हेरफेर गर्न नपाइने भएकाले प्राथमिकताका साथ अग्रपंक्तिमा राखिएका नामहरू सांसद हुने सम्भावना प्रबल हुन्छ ।

माओवादीबाट को–को छन् ?
जनजाति : मानपुर चौधरी
जनजाति महिला : जयपुरी घर्ती, ओनसरी घर्ती
खस आर्य :मणि थापा, नारायण दाहाल, गंगा कार्की
महिला :रेखा शर्मा, पूर्णा सुवेदी, देवी खड्का
दलित : तिलक परियार
मधेसी : गोपाल ठाकुर, योगकुमार बव्रयिया महावीर यादव
महिला : बोधमाया यादव, दिलकुमारी साह, कोहिद अन्सारी, अरबिन्द दास

प्रतिनिधिसभाको समानुपातिक सूचीमा रहेका प्रमुख नेता
जनजाति : विजय सुब्बा, खगेन्द्र राई, केशवलाल श्रेष्ठ, एकबहादुर राना मगर, मझिलाल थारू, दलबहादुर गुरुङ

जनजाति महिला : थममाया थापा, सुजिता शाक्य, विना श्रेष्ठ, रामकुमारी झांक्री, डा. शिवमाया तुम्बाहाम्फे, शान्ता चौधरी, नवीना लामा, तुलसा थापामगर

खस आर्य : मुकुन्द न्यौपाने, सोमनाथ प्यासी, डा. पुष्प कँडेल, डा. दिनेशचन्द्र देवकोटा, लक्ष्मण पौडेल, बुद्धिबहादुर रायमाझी, रामचन्द्र अधिकारी, तुलसी पासी, भोजबहादुर थापा

खस आर्य महिलाः राधा ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, माया ज्ञवाली, दिलुकुमारी पन्त, सीता गिरी ओली, श्रीमती विष्णु पौडेल, सरिता न्यौपाने, बिना थापा, मुना केसी, सावित्री अर्याल, शर्मिला कार्की, सम्झना थपलिया

मधेसी : मोती दुगड, गंगाप्रसाद यादव, मेघराज नेपाली निषाध, दिनेश यादव

मधेसी महिला : जुलीकुमारी महतो, डा. पुष्पा कर्ण, सीता यादव

दलित : रामप्रित पासवान, ईश्वरी विश्वकर्मा, बमबहादुर विश्वकर्मा, गणेश विश्वकर्मा, निर्मल देउला

मुस्लिम : समिम मिया अन्सारी, सिराद अहमद फारुकी, विराज अहमद, रुवी खान

मुस्लिम महिला :कलिला खान

 

 

आजको नयांपत्रिका समाचार छ ।