काठमाण्डु – निर्वाचन आयोगले नेकपा केपी ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहलाई पत्र पठाएको छ ।
आयोगले बिहीबार अद्यावधिक विवरण माग गर्दै ओली र प्रचण्ड–माधव नेपाल समूहलाई पत्र पठाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले हालसम्मा दुवै पक्षबाट पाँच वटा पत्र आएकाले राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २५ को ४ बमोजिम विवरण माग गर्दै पत्र पठाइएको जानकारी दिए । आयोगमा प्रचण्ड–नेपाल समूहबाट तीन र अोली समूहबाट दुई वटा पत्र आयोगलाई प्राप्त भएका छन् ।
उक्त नियमावलीको ४ मा भनिएको छ, ‘उपनियम (२) बमोजिम जाँचबुझ गर्दा त्यसरी नाम, विधान, नियम, छाप, झण्डा, चिन्ह (लोगो) मा परिवर्तन वा संशोधन गर्न वा पदाधिकारीको हेरफेर गर्न नमिल्ने अवस्था भएमा आयोगले सोको कारण खुलाई सुधार सहितको विवरण पेश गर्न सात दिनको समय दिई सम्बन्धित दललाई सूचित गर्नेछ ।’
तीन वर्ष अगाडि तत्कालिन एमाले र माअोवादी मिलेर बनेको नेकपा औपचारिक रुपम ाविभाजन नभए पनि दुवै पक्षले छुट्टाछुट्टै कार्यक्रम र भेला गर्दै आइरहेका छन् ।




प्रतिक्रिया