धनगढी – प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउनेभएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्न आउनेभएपछि प्रधानमन्त्री ओलीको सुरक्षाका लागि तीन वटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहारी र नेपाली सेनाको छुट्टाछुट्टै टोली परिचालन गरिएको छ ।
चेकजाँचका लागि विमानस्थलमा तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको छ । प्रधानमन्त्री ओलीको सुरक्षार्थ ‘राजा’ र ‘रानी’ नाम दिइएका कुकुर प्रयोग गरिएको हो ।
नेकपा विभाजनपछि प्रधानमन्त्री ओली पहिलो पटक राजधानी बाहिर हुने आमसभालाई सम्बोधन गर्न धनगढी जान लागेका हुन् । त्यस्तै चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
ओली बिहान ८ बजेर १५ मिनेटमा श्री एयरलाइन्सको विमानमार्फत धनगढी आउने कार्यक्रम तय भएपनि प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको छ ।




प्रतिक्रिया