काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ५७ हजार २ सय २९ जना कोरोना संक्रमित निको भएका छन् ।
हालसम्म १९ लाख ७४ हजार ५ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ९ जना पुगेका छन् ।




प्रतिक्रिया