‘चन्द्रागिरि हिरो अफ दि इयर २०२०’ बाट समाजसेवी प्रधान सम्मानित

‘चन्द्रागिरि हिरो अफ दि इयर २०२०’ बाट समाजसेवी प्रधान सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – समाजसेवी देवेन्द्र प्रधान ‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट सम्मानित भएका छन् । विशेषगरि चन्द्रागिरि नगरक्षेत्रका समाजिक काममा उल्लेखनीय योगदान पुर्‍याएवापत उनलाई सो सम्मान अर्पण गरिएको हो ।

दी क्रिएटर्स ग्रुपद्वारा सोमबार चन्द्रागिरि हिल्समा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रधानलाई सो सम्मान प्रदान गरेका हुन् । ‘सम्मानले आफूलाई अगामी दिनमा समाजसेवमा अझै निरन्तर लाग्ने प्रेरणा मिलेको छ ।’ युवा व्यवसायि समेत रहेका प्रधानले कार्यक्रममा भने ।

कार्यक्रममा ‘प्लेयर अफ दि इयर२०२०’बाट बक्सिङ खेलाडी दीपक महर्जन सम्मानित भएका हुन् । पृथ्वी जयन्तीका अवसरमा आयोजित सोही कार्यक्रममा ‘नेशनल क्रिएटिभ्स अवार्ड २०२०’ बाट विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका पाँच व्यक्तित्वलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा रमेश खरेल, कुलमान घिसिङ, अनुराधा कोइराला, सपना रोक्का मगर र डा सन्दुक रुइत थिए । (तस्वीर सम्लग्न छ )