अछाम – नेकपा सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा चढेको गाडीमा तोडफोड भएको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहका रास्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु अछामका युवा र बिद्यार्थीले प्रदेश कमिटी अध्यक्ष थापा चढेको प्रदेश ३ – ०१०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोड गरेका हुन् ।
प्रधानमन्त्री केपि शर्मा ओलिको असबैधानिक अलोकतान्त्रिक कदम बिरुद्ध सडकमा नारा जुलुस भईरहेका बेला गाडी रोकेर तोडफोड भएको बताईएको छ ।
पूर्वमाओवादी खेमाका अध्यक्ष थापा नेकपा विभाजित भएपछि केपी ओली समूहमा लागेका थिए ।




प्रतिक्रिया