पौष महिनाको अन्तिम दिन तपाईँको राशिफल कस्तो रहनेछ ?

पौष महिनाको अन्तिम दिन तपाईँको राशिफल कस्तो रहनेछ ?


काठमाण्डु – वि.सं. २०७७ साल पौष २९ गते । बुधबार । इस्वी सन् २०२१ जनवरी १३ तारिख । नेपाल संवत् ११४१ ।  काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेटमा ।

मेष (चू, चे, चो, ला, लि, लु ले, लो, अ)  राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ।

बृष (ई, ऊ, ए, ओ, वा, वि, वु वे, वो) पढाइलेखाइमा ध्यान नजाँदा सफलता हात पार्न मुस्किल रहेको छ ।माया प्रेममा अविश्वास बढ्नेछ भने जीवन साथीसँग सामान्य मनमुटाव सिर्जना हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)  पढाइ लेखाइमा भनेजस्तो सफलता हुने हुँदा मन प्रशन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ । बिहानको समयमा यात्रा गर्दा विशेष ध्यान दिनुहोला ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)  अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमूलक क्षेत्रमा रुचि बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यकताहरू पूरा गर्न गाह्रो पर्नेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टु, टे)  प्रेममा एक अर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउँदै पदप्रतिष्ठा पाउनेछन् । माया प्रेममा सामीप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) परिवार तथा सन्तानबाट तपार्ईंले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नबढाउँदा राम्रो हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । पेटसम्बन्धी समस्याले सताउनेछ हुँदा मानसिक तनाव बढ्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)  माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मसमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वाससम्बन्धी समस्या आउन सक्छ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दूरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समय फलदायी रहनेछ । तर पनि स्वास्थ्यसम्बन्धी समस्या बढ्ने तथा खर्चालु समय रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । विभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोगमार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)  पढाइ लेखाइमा मन जाने हुनाले राम्रो अङ्क ल्याई सफलता हात पार्न सकिनेछ ।  प्रेममा आत्मीयताको भाव झल्कनेछ भने साथीभाइसँगै रहेर मीठो खाना खाने तथा रमाइले गर्ने अवसर जुर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले नराम्रा तथा अप्रिय समाचारमा मन खिन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरु हुनेछन् भने पछि पश्चाताप हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)  माया प्रेममा सामीप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ ।