काठमाण्डु – लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी भर्ना आह्वान गरेको छ । आयोगले बुधबार एक सूचना प्रकाशन गरी खुला तथा समावेशी प्रतियोगितामार्फत आवेदन खुला गरेको हो ।
आयोगले राजपत्र अनंकित प्रथम (प्राविधिक), नायब सुब्बा वा सो सरहका ४ सय ११ कर्मचारी भर्ना गर्न आवेदन खुलाएको हो ।
दरखास्त आयोगको वेवसाइटबाट पनि भर्न सकिनेछ । आयोगले कर्मचारी भर्ना दरखास्त माघ २० गतेसम्म भरिसक्नुपर्ने जनाएको छ ।





प्रतिक्रिया