याेगेश भट्टराई भन्छन्ः देश कता जाँदैछ ? मनन् गरौं

याेगेश भट्टराई भन्छन्ः देश कता जाँदैछ ? मनन् गरौं


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव नेपाल–प्रचण्ड समूहका नेता योगेश भट्टराईले हिजो लाेकतन्त्रवादीहरुलाई जेल पठाउने वकिलहरु आज प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत पूर्वमन्त्रीसमेत रहेका नेता भट्टराईले लोकतन्त्रको पक्षमा र आन्दोलनकारीहरुलाई जेलबाट छुटाउने नेताहरु प्रधानमन्त्रीको विपक्षमा रहेको भदै देशमा कता जाँदैछ ? भन्दै प्रश्न गरेका छन् ।

‘हिजो लोकतन्त्रका बिरुद्ध र लोकतन्त्रबादीहरुलाई जेल पठाउन बह्स गर्ने वकिलहरु आज प्रधानमन्त्रीका पक्षमा बहस गर्दैछन्’, उनले भनेका छन्, ‘अर्कातिर हिजोदेखि आजसम्म लोकतन्त्रका पक्षमा र आन्दोलनकारी नेता र कार्यकर्तालाई जेलबाट छुटाउन बहस गर्ने वकिलजति सबै आज प्रधानमन्त्रीको कदमका बिपक्षमा । देशमा के हुँदैछ ? देश कता जाँदैछ ? मनन् गरौ ।’