परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान


काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् ।

भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली तीन दिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका हुन् ।

मन्त्री ज्ञवाली भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारतको संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।

मन्त्री ज्ञवालीले बैठकमा कोरोना भाइरसविरुद्धको खोप नेपालमा ल्याउने र सीमा लगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राजनीतिक भेटवार्ता पनि गर्ने छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गर्ने कार्यक्रम रहेको छ ।

उनको भ्रमण दलमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव, सहसचिव, भारतका लागि नेपाली राजदूतलगायत रहनेछन् ।