आजदेखि अन्तरबैंक एटिएमबाट पैसा झिक्दा शुल्क लाग्ने

आजदेखि अन्तरबैंक एटिएमबाट पैसा झिक्दा शुल्क लाग्ने


काठमाण्डु – आजदेखि अन्तर बैंक एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ ।

आजदेखि एक बैंकको एटिएम अर्को बैंकको एटिएम बुथमा प्रयोग गरी पैसा झिक्दा २० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी दिएको हो ।

यसअघि कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले भदौ १४ गतेदेखि लागु हुनेगरी जुनसुकै एटिएमबाट पैसा निकालेपनि निशुल्क हुने व्यवस्था गरेको थियो ।

महिनाको २ पटकसम्म हुने कारोबारका हकमा भने यस्तो सेवा निःशुल्क गर्नुपर्ने बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।