अर्थराज्यमन्त्रीको दवावमा मेट्रोमा तानिए डीएसपी आभुषण तिम्सिना

अर्थराज्यमन्त्रीको दवावमा मेट्रोमा तानिए डीएसपी आभुषण तिम्सिना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरस्थित महानगरीय प्रहरी बृत्त चापागाउँका डीएसपी आभुषण तिम्सिना चुनावको मुखैमा महानगरीय प्रहरी आयुक्तको कार्यालय (मेट्रोमा) तानिएका छन्।

 

 

निर्वाचन आचारसंहिता लागू भएका बेला प्रहरी हेडक्र्वाटरले मंगलबार डीएसपी तिम्सिनालाई पत्र थमौति गर्दै मेट्रोमा हाजिर हुन भनेको हो।

 

 

 

डीएसपी तिम्सिना तत्कालीन डीआइजी नवराज सिलवाल निकट मानिन्थे। सिलवाल एमालेबाट ललितपुर १ मा चुनाव लड्दैछन्, भने उनका प्रतिस्पर्धी अर्थराज्यमन्त्री एवं कांग्रेस नेता उदयशमशेर राणा हुन्।

 

 

 

डीएसपी तिम्सिना सिलवाल निकट भएकै कारण अर्थराज्यमन्त्रीको दवावमा उनको सरुवा भएको स्रोतले जनाएको छ। डीएसपी तिम्सिनाले सो क्षेत्रका अवैध क्रसर उद्योग बन्द गराएका थिए। तिम्सिनालाई सरुवा गराउन क्रसरका मालिकको समेत डिजाइन रहेको छ।

 

नेपाल प्रहरीका प्रवक्ता डीआइजी मनोज न्यौपानेले सरुवाबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए।