एमाले परित्याग गरेका मोहनसिंह राठौरलाई टिकट दिएपछि कांग्रेस लम्कीमा भूकम्प, क–कसले दिए राजीनामा?

एमाले परित्याग गरेका मोहनसिंह राठौरलाई टिकट दिएपछि कांग्रेस लम्कीमा भूकम्प, क–कसले दिए राजीनामा?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार मात्र एमाले परित्याग गरी पार्टी प्रवेश गरेका मोहनसिंह राठौरलाई उम्मेदवारको टिकट दिएपछि कैलालीमा चर्काे आलोचना भएको छ।

 

एमालेमा टिकट नपाएपछि राठौर मंगलबार मात्र कांग्रेसमा प्रवेश गरेका थिए। 

 

 

कांग्रेस सभापति देउवाले पूर्वसांसद राठौरसहित रवीना चौधरीलाई पनि कांग्रेसमा भित्र्याउदै राठौरलाई कैलाली क्षेत्र नम्बर २ को टिकट दिएपछि त्यसको चर्काे विरोध भइरहेको हो।

 

विरोध्रस्वरुप कांग्रेस लम्की, चुहा सभापति रामबहादुर विष्ट र बर्दगोरिया गाउँ कार्यसमिति सभापति गणेशबहादुर शाहीले राजीनामाको घोषणा गरेका हुन्। कांग्रेस सभापतिलाई सम्बोधन गरिएको राजीनामा पत्रमा भनिएको छ, ‘निर्णय पुनर्विचार गरियोस्, होइन भने यसै पत्रलाई राजीनामाको रुपमा पेश गर्दछौं।’

 

कांग्रेस क्षेत्रीय समितिले नेताहरु कमल शाह, हिम रावल र विजय स्वाँरलाई उम्मेदवारका लागि सिफारिस गरेको थियो। तर, पार्टीले राठौरलाई टिकट दिएको हो।