गृहजिल्ला हिडेका खेलकुदमन्त्रीलाई बीच बाटोमै रोकियो, ४ घण्टादेखि मेलम्चीमै

गृहजिल्ला हिडेका खेलकुदमन्त्रीलाई बीच बाटोमै रोकियो, ४ घण्टादेखि मेलम्चीमै


काठमाण्डु – गृहजिल्ला सिन्धुपाल्चोक जाँदै गरेका युवा तथा खेलकुदमन्त्री दावा तामाङ बीच बाटोमै रोकिएका छन् ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्नका लागि भन्दै गृहजिल्ला हिडेका मन्त्री तामाङलाई इन्द्रावती गाउँपालिका–४ स्थित टाकुरेमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले बीच बाटोमै रूख ढालेर प्रवेश गर्नमा रोक लगाएका हुन् ।

बाटोमा अवरोध भएपछि मन्त्री तामाङ ४ घण्टादेखि मेलम्ची बजारमै रोकिएका छन् । मन्त्री तामाङ इन्द्रावती गाउँपालिका–५ स्थित ऐँसेलुखर्कमा आयोजना गरिएको कार्यकर्ता भेलामा सहभागी हुन हिँडेका हुन् ।

गृहमन्त्री रामबहादुर थापा बादल निकटका मन्त्री तामाङ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा पुगेका छन् ।