संकटको बेलामा एनआरएनएले गरेको भूमिका प्रशंसायोग्यः मन्त्री ज्ञवाली

संकटको बेलामा एनआरएनएले गरेको भूमिका प्रशंसायोग्यः मन्त्री ज्ञवाली


काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गैरआवासीय नेपालीहरुको भूमीका प्रशंसायोग्य रहेको बताएका छन् ।

आजबाट सुरु भएको गैरआवासीय नेपाली संघको विशेष महाधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै परराष्ट्रमन्त्री ज्ञवलीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी महामारीबीच प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका हुन् ।

‘संकटको यस अहम परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ,’ उनले भने । नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीहरुलाई औपचारिक रुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सिपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेको बताए ।

भोलिसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।