काठमाण्डु – लायन्स तथा लियो क्लब अफ काठमाण्डु पद्मसम्भव दक्षिणकालीको आयोजना र नेपाल मेडिसिटी हस्पिटलको प्राबिधिक सहयोगमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
दक्षिणकाली नगरपालिका वडा नं ४ सँगको सहकार्यमा आयोजित कार्यक्रममा ५५ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रमका संयोजक लियो रजन मगरले बताए ।
उत्साहजनक सहभागिता रहेको सो कार्यक्रममा कुल ५५ पिन्ट रगत संकलन भएको थियो जसमा ४० पुरुष र १५ महिलाले रक्तदान गरेका थिए ।
क्लबका अध्यक्ष लियो प्रकाश विशुन्के र सल्लाहकार लायन्स प्रमोद कुमार पौडेलले रक्तदातालाई प्रमाणपत्र वितरण गरे ।
क्लबका सचिव सबिन श्रेष्ठले रक्तदान कार्यक्रमको आयोजनाबाटै मानिसहरुमा रहेको रक्तदान प्रतिको गलत विचार तथा भ्रम हटाई नयाँ रक्तदाताहरुलाई प्रोत्साहित गर्न प्रयास गरेको बताए ।




प्रतिक्रिया