प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा चलाउन अधिवक्ताको माग, प्रधानन्यायाधीश भन्छन् : बजारका हल्ला नल्याउनू

प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा चलाउन अधिवक्ताको माग, प्रधानन्यायाधीश भन्छन् : बजारका हल्ला नल्याउनू


काठमाण्डु – संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीका विषयमा दिएको अभिव्यक्तिले प्रवेश पाएको छ ।

आइतबार बिहान प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले जेष्ठ अधिवक्तामाथि मानमर्दन हुने किसिमले बोलेको भन्दै अवहेलनाको मुद्दा चलाउनुपर्ने बताएका छन् ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिले अदालतको ठाडो अवहेलना भएको बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बाहिरका कुरा लिएर नआउन वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आग्रह गरे ।

उनले बजारमा आएका हल्लाका भरमा जाने हो भने क–कसलाई इजलासमा जम्मा गरेर साध्य हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

‘अहिलेका पूर्वका सबैका कुरा सुन्ने हो भने सबैलाई ल्याउनुपर्ने स्थिति हुन्छ । बजारमा आएका हल्लाका भरमा जाने हो भने क कसलाई जम्मा गरेर साध्य हुन्छ ? कसले के गरे, कसले के भने भन्नेतिर नजाउँ’, उनले भने ।