एल.जी.को नयाँ वासिङ मेसिन बजारमा, यस्ता छन विशेषता

एल.जी.को नयाँ वासिङ मेसिन बजारमा, यस्ता छन विशेषता


काठमाण्डु – एल.जी.को आर्टिफिसियल इन्टेलिजेन्स डाइरेक्ट ड्राइभ मोटर भएको वासिङ मेसिन नेपाली बजारमा आएको छ ।

यस वासिङ मेसिनमा आर्टिफिसियल इन्टेलिजेन्स जस्ता लेटेस्ट प्रविधि रहेको छ, जसले कपडाको तौलको साथसाथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउछ, र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउछ ।

आर्टिफिसियल इन्टेलिजेन्स वासिङ मेसिनले वीग डाटा वीथ डिप लर्निङ्ग उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ । यसवासिङ मेसिनमा स्टिम प्लसटीएम प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९५ किटाणु नष्ट गर्छ र हाइजेनिक वास दिनुका साथै ३० प्रतिशत कपडाहरुलाई खुम्चिनबाट बचाउछ ।

Turbo WashTM 360° / 4 high Speed Spray Nozzle with Inverter pump Technology रहेको यस मेसिनले उच्च र कम गति आवश्यकताअनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वास साइकल पुरा गर्दछ जसले विजुली र समयको बचत गर्छ ।

यसमा Misaligned १०० % Stainless Steel Lifter छ जसले गर्दा कपडाहरुमा रहेको किटाणु नष्ट गरि हाइजेनिक र कपडा गनाउन दिदैन । यसमा टेम्पर ग्लास डोर छ जसमा स्क्र्यााच नलाग्ने स्थायित्व प्रतिरोधि हुनुका साथ साथै एलिगेन्ट डिजाइन, वास साइकल छनोट गर्ने आकर्षक मेटालिक नव र वीग एलइडी डिस्प्ले रहेको छ ।

कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सर को मद्दतले रिन्ज र स्पिनको बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पन मुक्त गर्दछ । नेपालमा एल.जी.ब्राण्डका आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सि.जी. इम्पेक्स प्रालि रहेको छ ।