काठमाण्डु – दाङको राजपुर गाउँपालिका–७ का वडाध्यक्ष भीम बहादुर खड्कालाई एक विद्यालयका प्रधानाध्यापकले ज्यान मार्ने धम्की दिएका छन् ।
वडाध्यक्ष खड्काले प्रधानाध्यापकले ज्यान मार्ने धम्की दिएको भदै प्रहरीमा उजुरी दिएका छन् । राजपुर–७ मै रहेको मावी सिक्टा विद्यालयका प्रधानाध्यापक विष्णु खत्रीले माघ ७ गते दिउँसो वडा कार्यालयमा आएर धम्की दिएको वडाध्यक्ष खड्काले जनाएका छन् ।
खड्काले ‘अब केहीदिन भित्र तलाई सिध्याइ दिन्छु, साँझ राम्रोसँग खाना खाएर बसेस’ भन्दै धम्की दिएका छन् । ३७ वर्षीय खत्रीले ७२ र्षीय वडाध्यक्ष खड्कालाई कार्यालय सहयोगी धना खत्री, अहेव टिका वली, पशु चिकित्सक शेरबहादुर बस्नेत, वडा सचिवलयातका अगाडि ज्यान मार्ने धम्की दिएका हुन् ।
उनले जाहेरीमा उल्लेख गरेका छन्, ‘गत दुई वर्षयता पटक–पटक विप्लव र माओवादीको नाममा चन्दा माग्दै आएको र चन्दा नदिए मारिदिने धम्की दिँदै आएको । यस्तै गत मंसिरमा विद्यालयको बैठकमा पनि म र स्थानीय करिब चार जना महिलालाई विप्लवलाई चिन्छौं ? राती घरमा २/४ जना पठाएर तिमिहरुलाई मार्छु भन्दै धम्क्याउँदै आएका थिए ।’
उनले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, नागरिक समाज, सञ्चारकर्मी, मानव अधिकारकर्मीलाई सम्बोधन गर्दै प्रधानाध्यापकमाथि कडा कारबाहीको माग गरेका छन् ।




प्रतिक्रिया