भारतले नेपाललाई दिने अनुदान तीन अर्बले बढायो, कुन देशले कति पाउँदैछन् ?

भारतले नेपाललाई दिने अनुदान तीन अर्बले बढायो, कुन देशले कति पाउँदैछन् ?


काठमाण्डु – भारतले नेपाललाई दिने वार्षिक अनुदान गत वर्षको तुलनामा करिब तीन अर्ब रुपैयाँले वृद्धि गरेको छ ।

भारतीय वित्त मन्त्री निर्मला सितारमणले सोमबार लोकसभामा पेश गरेको २०२१–२२ को बजेटमा नेपाललाई दिने अनुदानमा गत वर्षको तुलनामा करिब दुई अर्ब भारु (१ अर्ब ८९ करोड रुपैयाँ)ले बढेको छ ।

बजेटमा आगामी वर्षका लागि नेपाललाई दिने अनुदानका लागि ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) विनियोजन गरिएको छ । गत वर्षको बजेटमा भने सुरुमा ८ अर्ब भारु (१२ अर्ब ८० करोड रुपैयाँ) मात्र विनियोजन गरिएको थियो ।

गतवर्ष भने अघिल्लो वर्षको तुलनामा नेपाललाई दिने अनुदानमा करिब आधाले नै घटाइएको थियो । भारतले सन् २०१९–२१ का लागि करिब १२ अर्ब भारु अनुदान दिएकोमा गत वर्ष अर्थात् सन् २०२०–२१ का लागि ८ अर्ब भारु मात्र विनियोजन गरेको थियो ।

छि बजेटमा विनियोजितभन्दा थप ८० करोड भारु नेपाललाई दिइएको भारतको अर्थ मन्त्रालयको बजेट विवरणमा उल्लेख छ । भारत सरकारले विदेश मन्त्रालयमार्फत् नेपाललाई वित्तीय सहयोग गर्दै आएको छ ।

दुई देशबीचको सम्बन्ध सुधारोन्मुख दिशामा अगाडि बढिरहेको सन्दर्भमा भारतले बजेटमा गरेको वृद्धिलाई अर्थपूर्ण ठानिएको छ ।
विगतका वर्षहरुमा जस्तै भारतबाट अनुदान पाउनेमा यसवर्ष पनि भुटान पहिलो नम्बरमा छ ।

भारतले घोषणा गरेको छिमेकी मुलुकलाई दिने अनुदान (भारु)
भुटानः ३० अर्ब ४ करोट
नेपाल: ९ अर्ब ९२ करोड
अफगानिस्तान: ३ अर्ब ५० करोड
बंगलादेश: २ अर्ब
श्रीलंका: २ अर्ब
माल्दिभ्स: २ अर्ब ५० करोड
म्यानमार: ४ अर्ब