कारोबार खुलेको ५ मिनेटमै नेप्सेमा छायो हरियाली, लघुवित्तमा झुम्मिए लगानीकर्ता

कारोबार खुलेको ५ मिनेटमै नेप्सेमा छायो हरियाली, लघुवित्तमा झुम्मिए लगानीकर्ता


काठमाण्डु – साताको दोस्रो दिन सोमबार कारोबार खुलेको ५ मिनेटमै नेप्सेमा हरियाली छाएको छ ।

प्रिओपन सेसनमा नेपाल स्टक एक्सेन्च (नेप्से) मा सेयर बजार ३६ अंक धेरैले बढेको छ । करिब ३० अंक भन्दा धेरैले बढेको नेप्से परिसूचक कारोबार खुलेको ५ मिनेटमा नै उचालिएको हो ।

डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडमा कारोबार सुरु भएको केही समयमा नै शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यस अघि उक्त कम्पनीको शेयर मुल्य २२०० रुपैयाँ थियो । आज त्यो  २२० रुपैयाँले बढेर २४२० रुपैयाँको पुगेको हो ।

आज उक्त लघुवित्तको शेयर कारोबार २३१० रुपैंयाबाट सुरु भएको थियो । आज १० प्रतिशतले बढेसंगै लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो ।

लगानीकर्ताहरु धेरै लघुवित्त कम्पनीहरुको सेयर किन्न बसेका छन् । फरवार्ड माइक्रोफाइनान्स लगायतको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । पछिल्लो समय लघुवित्तहरुले आकर्षक लाभांश घोषणा गर्न थालेपछि लगानीकर्ताहरु यता आकर्षित भएका हुन् ।