निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली

निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार  मध्याह्न पौने १२ बजे  कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरु आयोगमा पुगेका छन्।

निर्वाचनको तयारी र नेकपा विवादका विषयमा छलफल गर्न माघ १६ गते आयोगले दुवै पक्षलाई बोलाएको थियो । नेकपाको अर्का प्रचण्ड–नेपाल समूहले आयोग पुगेर आधिकारिकता दाबी गरिसेकेका छन् तर प्रधानमन्त्री ओली भने आयोग गएका थिएनन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि विघटित नेकपाका दुवै समूह (ओली र प्रचण्ड–नेपाल) ले आफूलाई आधिकारिकता दाबी गर्दै आइरहेका छन् । आज निर्वाचन आयोगमा  प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्ले सोमवार गरेको निर्णयबारे जानकारी गराउनेछन् ।

साथै उनले आफ्नो समूहलाई आधिकारिक भएको दाबी गर्ने र वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधि सभा चुनावको तयारीबारे छलफल गर्ने बुझिएको छ ।

सरकारले पहिलो चरणमा चारवटा प्रदेश र दोस्रो चरणमा तीनवटा प्रदेशमा चुनाव गर्नेगरी सोमवार निर्णय गरेको थियो । प्रधानमन्त्री ओली निर्वाचन आयोग आउने भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ ।