निर्वाचन कुनै हालतमा पनि हुँदैन, संसद पुनर्स्थापना हुन्छः प्रचण्ड

निर्वाचन कुनै हालतमा पनि हुँदैन, संसद पुनर्स्थापना हुन्छः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अदालतबाट संसद पुनर्स्थापना हुनेमा आफु विश्वस्त रहेको बताएका बताएका छन् ।

मंगलबार नेपालमा कार्यरत विदेशी मिडियाका प्रतिनिधिहसँग कुरा गर्दै प्रचण्डले संसद पुर्नस्थापना हुने र सरकारले तोकेको वैशाख १७ र २७ मा निर्वाचन नहुने बताएका हुन् ।

‘हामी विश्वस्त छौं, केपी ओलीले घोषणा गरेको चुनाव हुँदैन । प्रतिनिधिसभा पुनःस्थापना हुन्छ,’ उनले भने, ‘यदि केपी ओलीले घोषणा गरेको चुनाव हुने भयो भने त्यो अर्को असंवैधानिक र अलोकतान्त्रिक कदम हुनेछ ।’

प्रचण्डले ओली र आफूहरूबीचको विवादलाई कुर्सीको लडाइँका रूपमा नबुभिदिनसमेत अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । केपी ओली र आफूलाई एकै रुपमा तुलना नगर्न आग्रह गर्दै प्रचण्डले माधव नेपाल र आफूबीच ४० वर्षदेखि सहकार्य रहेकाले ओलीसँग जस्तो विभाजन नआउने विश्वास व्यक्त गरेका छन् ।