प्रचण्ड–नेपाल समूहको विरोधसभाः प्रचण्ड लगायत १४ नेताले सम्बोधन गर्ने

प्रचण्ड–नेपाल समूहको विरोधसभाः प्रचण्ड लगायत १४ नेताले सम्बोधन गर्ने


काठमाण्डु – आन्दोलनरत नेकपाको प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न ५ स्थानबाट जुलुस निकालेको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा बिहान ११ बजेबाट काठमाण्डुमा विभिन्न स्थान माइतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौर क्षेत्रबाट जुलुस निकालिएको नेता योगेश भट्टराईले जानकारी दिए ।

उनीहरु सुन्धारामा हुने मुल प्रदर्शनमा १२ बजे आइपुगेपछि सुनधाराबाट भृकुटीमण्डपमा हुने मूल विरोधसभामा सहभागी हुने नेकपाले जनाएको छ ।

सो समूहले आयोजना गरेको आमसभामा एक दर्जनभन्दा बढी नेताले सम्बोधन गर्ने भएका छन् । केही केन्द्रीय कमिटी सदस्य, स्थायी कमिटी सदस्य, प्रवक्ता, वरिष्ठ नेता तथा अध्यक्षद्वय गरी १४ जनाको नाम तय भएको छ ।

यी हुन् वक्ताहरुः

१. अञ्जना विशंखे, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

२. अमृता थापामगर, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), अध्यक्ष, अनेमसंघ

३. महफुज अन्सारी, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

४. रामकुमारी झाँक्री, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

५. रामचन्द्र झा, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

६. सन्तकुमार चौधरी, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

७. जनार्दन शर्मा, स्थायी कमिटी सदस्य तथा इन्चार्ज, कर्णाली प्रदेश, नेपाल कम्युनिष्ट पार्टी (
नेकपा)

८. देवप्रसाद गुरुङ, स्थायी कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

९. भीमबहादुर रावल, स्थायी कमिटी सदस्य तथा इन्चार्ज, सुदूरपश्चिम प्रदेश, नेपाल कम्युनिष्ट
पार्टी (नेकपा)

१०. रघुजी पन्त, स्थायी कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

११. नारायणकाजी श्रेष्ठ, प्रवक्ता, सचिवालय सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा), संयोजक, केन्द्रीय संघर्ष समिति

१२. झलनाथ खनाल, वरिष्ठ नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एवम् पूर्वप्रधानमन्त्री

१३. माधवकुमार नेपाल, अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एवम् पूर्वप्रधानमन्त्री

१४. पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष, तथा संसदीय दलका नेता नेपाल कम्युनिष्ट पार्टी (
नेकपा) एवम् पूर्वप्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहमा विभाजित नेकपा प्रचण्ड–नेपाल समूहले विरोध सभामा सहभागी हुन गाउँ–गाउँबाट कार्यकर्तालाई काठमाण्डुमा उतारेको छ ।