लक्ष्मी बैंकको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगितामा को बने बिजेता ?

लक्ष्मी बैंकको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगितामा को बने बिजेता ?


काठमाण्डु – लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । एक नौलो र फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो क्राउड सोर्सिङ प्रतियोगिता हो ।

यस अघि बैंकले ’माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो । जसमा सहभागी हरुले बैंकको डेबिट कार्डको लागी विभिन्न प्रकारका डिजाइन पेश गर्नु गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्ड हरुमा प्रयोग हुँदै आएको छ ।

’माई मोबाईल मनि’ प्रतियोगितामा भने ५ वटा विभिन्न शिर्षकमा रहेको र सहभागी हरुले प्रत्येक शिर्षकमा ३ मिनेट सम्मको १–१ गरी कुल ५ वटा सम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो । यस व्यवस्था अन्तर्गत सहभागिहरुले प्रत्येकशिर्षकमा ५०,००० गरी कूल २,५०,००० सम्म जित्ने अवसर रहेको थियो ।

सो प्रतियोगितामा विभिन्न क्षेत्रहरु बाट २५० भन्दा बढी भिडियोमार्फत उत्साहजनक सहभागिता रहेको थियो । साथै पहिलो शिर्षकमा भने २ भिडियोहरु बिच बराबर भई २ वटै भिडियो बिजेता भएका छन् ।

प्रतियोगितामा प्राप्त भिडियोहरुबाट रचनात्मक्तातथाकथावस्तु, कार्यन्वयन, र प्रासङ्गिक्ता का आधारमा विजयी भिडियोको निर्णय लिइएको थियो ।

यस प्रतियोगिताका विजेताहरु यस प्रकार छन्ः

१. बिल भुक्तानी: लकेश दंगल, विराटनगर र मन्दिप बखुन्छे, भक्तपुर

२. बिल भुक्तानी: विकास त्रपाठी, पोखरा

३. कार्ड सेवाः सन्तोश शाक्य, काठमाण्डु

४. कार्ड रहित नगद निस्काषनः भुवन तिवारी,भरतपुर

५. नगद ट्रान्स्फरः छेवाङ गुरुङ, मुस्ताङ